नियम
जाँचबुझ गर्न सूचना प्रकाशित गर्ने

(१) कमिशनले राप्तीदून विकास क्षेत्रको जमीनको सम्बन्धमा देहायका कुराहरूको जाँचबुझ गर्नको लागि अनुसूची–१ बमोजिमको ढाँचामा सूचना प्रकाशित गर्नेछ –

(क) सो क्षेत्रको कुनै जग्गा हकभोग भएको व्यक्ति वा परिवारले सो जग्गा प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियमहरू, २०१३ बमोजिम प्राप्त गरेको हो वा होइन ?
(ख) कुनै व्यक्ति वा परिवारले सो क्षेत्रको कुनै जग्गा सो नियम वा ऐन लागू हुन भन्दा अघि गठन भएका कमिशनको आदेश बमोजिम प्राप्त गरी बसोबास गरी भोग गरिआएको छ वा त्यस्तो नियम वा आदेश बमोजिम प्राप्त नगरी त्यसै बसोबास गरिआएको छ ?
(ग) कुनै व्यक्ति वा परिवारले सो नियम बमोजिम जग्गाको पूर्जासम्म प्राप्त गरेको, तर जग्गा नपाएको छ वा छैन ?

(२) राप्तीदून विकास क्षेत्रको जमीनमा कुनै प्रकारको हकभोग वा बसोबास हुने व्यक्ति वा परिवारले उपनियम (१) बमोजिम सूचना प्रकाशित भएको मितिले ६० दिनभित्र अनुसूची–२ बमोजिमको ढाँचामा कमिशन छेउ आप्नो फाँटवारी पेश गर्नु पर्छ ।